Section 15
अस्पताल उपर क्षतिपूर्ति माग दाबी गर्न नपाइने

क्यान्सर रोगको उपचारको लागि अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य उपचारको सिलसिलामा अस्पतालको चिकित्सक वा स्वास्थ्यकर्मीले तोकिएबमोजिमको प्रक्रिया अपनाई तोकिएको मात्रा अनुसारको विकिरणयुक्त पदार्थ र अन्य औषधी प्रयोग गरेको
कारणबाट बिरामीलाई कुनै किसिमको प्रतिकूल शारीरिक प्रभाव पर्न गएमा सो बापत त्यस्तो बिरामीले अस्पताल र अस्पतालको चिकित्सक वा स्वास्थ्यकर्मी उपर आर्थिक वा अन्य कुनै किसिमको क्षतिपूर्ति माग दाबी गर्न पाउने छैन । तर अस्पतालको चिकित्सक वा स्वास्थ्यकर्मीको लापरबाही वा हेलचक्रयाईबाट तोकिएको प्रकृया र तोकिएको मात्रामा फरक पर्ने गरी विकिरणयुक्त पदार्थ र अन्य औषधी प्रयोग गरेको कारणबाट बिरामीलाई कुनै किसिमको प्रतिकूल शारीरिक प्रभाव पर्न गएको अवस्थामा त्यस्तो चिकित्सक वा स्वास्थ्यकर्मी उपर क्षतिपूर्ति माग दाबी गर्न यस दफाले बाधा पुयाएको मानिने छैन ।